• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

प्रचण्डप्रति गगन थापाको कटाक्ष : बालुवाटारमा एउटा कुरा, खुमलटारमा अर्को !


नाली बेली

प्रचण्डप्रति गगन थापाको कटाक्ष : बालुवाटारमा एउटा कुरा, खुमलटारमा अर्को !

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कटाक्ष पनि गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) मा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन समारोहमा थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस ।’

यस्तै उनले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए । ‘कांग्रेस एमसीसी पास गर्ने कुराका अडिग छ’, महामन्त्री थापाले भने, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०७:४३
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # खुमलटा
  • # संसद
  • # गगन थापा
  • # अर्जुननरसिंह केसी
  • # महामन्त्री
  • प्रतिक्रिया दिनुहोस