चितवनको टिकौली जंगलमा आठ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधवार ११ः४०को समयमा अक्सफोर्ड कलेजको बसले सब बोकेको बलेरोलाई ठक्कर दिँदा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले वताएको छ । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईतेहरुको भरतपुर अस्तपाल, पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भईरहको छ ।
गम्भिर घाइते हुनेहरुमा खैरहनी नगरपालिकाका ६५ बर्षिय कृष्णबहादुर तामाङ, अन्दाजि ८२ वर्षको जित बहादुर तामाङ, रत्ननगरका १४का ५५ बर्षिय कुसुम बहादुर राना, डोल बहादुर कार्की, ३८ बर्षिय सुरेश श्रेष्ठ, रत्ननगर ९का ३५ बर्षिय किशोर तामाङ र हेटौडा उपमहानगरपालिका १४का ६५ बर्षिय महोन तामाङ रहेका छन् । 
रत्ननगर १४का पुरन लामा, बुद्रिराम तामाङ, रेशम पोख्रेल रत्ननगर १६का दिलबहादुर घिसिङ र काठमाण्डौँ गोकर्ण ४ बस्ने ४८ बर्षिया तारा श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।
बलेरो गाडीमा सवार गैंडाकोट नगरपालिका ८का ५१ बर्षिय लोकराज लामा, आईतराम कामी, गोपाल तामाङ, पुष्प तामाङ, कृष्ण लामा, जिवन लामा घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । बा.प्र.०३–००६ प ९९८१ नं.मोटरसाइकल चालक रत्ननगर १४का ३३ बर्षिय शंकर परियार(सामान्य) पछाडि सवार शंक, दिवेश शाक्य (मध्यम) घाईते भएका छन् ।
