• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

सुन प्रकरणमा ६ जना पक्राउ


नाली बेली

सुन प्रकरणमा ६ जना पक्राउ

१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट नियन्त्रणमा लिएको सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेण्ट राजेन्द्र राइ, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । सुनको वास्तविका साहु भने दीपक मल्होत्रा भएको अनुसन्धानमा संलग्न राजश्व अनुसन्धानका कर्मचारीहरुले बताएका छन् ।

१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ । बरामद भएको सुन नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो परिमाण हो ।

thumb-1675310167.jpg

चार दिन अघि हङकङबाट क्याथेप्यासिफिकको विमान मार्फत काठमाडौं आईपुगेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ बरामद गरेको हो । स्कुटर पार्टस् र दाह्री काट्ने रेजर भनेर ल्याइएको सुनको यकिन मात्रा भने अझै निक्र्यौल भइसकेको छैन ।

काठमाडौंको रेडी ट्रेड प्रालि नाममा उक्त सामान आए पनि सुन ल्याउने तस्कर को हो भन्ने घाेषणा राजश्व अनुसन्धानका कर्मचारीहरुले गरेका छैनन् ।

 


प्रकाशित : बिहीबार , साउन ४ २०८०११:१६
  • सम्बन्धित विषय:

  • # सुन प्रकरण
  • प्रतिक्रिया दिनुहोस