• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

शरणार्थी काण्डका आरोपीहरुलाई थुनामा राख्न आज फेरी म्याद थपिदै


नाली बेली

शरणार्थी काण्डका आरोपीहरुलाई थुनामा राख्न आज फेरी म्याद थपिदै

नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेकाहरुलाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्नको लागि अदालतबाट अनुमति लिइनेछ । 
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन पूर्व उपप्रधानमन्त्रीदेखि, मन्त्री, सचिव, सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि संगठित रूपमा प्रक्रिया सुरु गरेको थियो ।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।

कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितको आठजानाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउनेछ । यो प्रकरणमा पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१२:४८
प्रतिक्रिया दिनुहोस