• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

चितवनमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु, एक घाइते


नाली बेली

चितवनमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु, एक घाइते

ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो

चितवनको टिकौली जंगलमा ट्रकको ठक्करले एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो । तामाङको उपचारको क्रममा दिउँसो १२ः३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
त्यस्तै स्कुटर पछाडी सवार भरतपुर–११ का २० वर्षीय बिशान्त ढकालको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्रक चालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङ नियन्त्रणमा लिईएको छ ।

4.jpg


प्रकाशित : आइतबार, जेठ ७ २०८००२:५७
प्रतिक्रिया दिनुहोस