• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :
डिस्को किङ

‘डिस्को किङ’ बप्पी लहरीको निधन

बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो


नाली बेली

‘डिस्को किङ’ बप्पी लहरीको निधन

काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । ‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो ।

बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो । बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।


प्रकाशित : बुधबार, फागुन ४ २०७८०६:४८
  • सम्बन्धित विषय:

  • # डिस्को किङ
  • # बप्पी लहरी
  • # निधन
  • # भारत
  • # मंगलबार
  • # भाइरस
  • # चलचित्रकर्मी
  • प्रतिक्रिया दिनुहोस